२०८३ भाद्र १२ गते शुक्रवार

प्रधानमन्त्रीलाई माधव नेपालको सुझाव ः भ्रष्टाचार र विचौलियाको सेटिङ भत्काउनुस्

काठमाडौँ,पुस २५ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीदेखि अध्यक्ष मनमोहन अधिकारीलाई स्मरण गरेका छन्।

सोमबारको संसद बैठकमा बोल्दै उनले मदन र मनमोहनकै कारण आफूहरु जनताको पक्षमा लागिपरेको बताए। ‘उहाँहरुले जनताको सेवामा समर्पित हुन् राष्ट्रको मर्यादालाई माथि उठाउन सिकाउनुभएको छ,’ अध्यक्ष नेपालले भने।

नेपालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सुझाव दिँदै बोली र व्यवहारमा सामञ्जस्यता ल्याउनु जरुरी रहेको पनि बताए।

‘भोलि त विश्वासको मत लिनु छ यो कार्यकाल कति भन्ने कुरा आउला। यो देशमा राजनीतिक स्थायित्वको अपेक्षा गरेका छन्’, उनले भने, ‘विगतको शिक्षा ग्रहण गरेर अघि बढ्नुपर्छ। संविधानको पालना गरेर हिँड्नुपर्छ भन्ने कुरालाई प्रधानमन्त्रीले मनन गर्नुहुनेछ।’

राष्ट्रियताको सम्वर्द्धन र राष्ट्रियतको रक्षामा सबैले गम्भीरताका साथ लाग्नुपर्ने पनि उनले बताएका छन्।

‘संघीयतालाई अझै समृद्ध बनाउनुपर्नेछ। समाजवादको मूल्य र मान्यतालाई आत्मसाथ गरेर न्याय समानताको बाटोमा अघि बढ्नुपर्छु, उनले भने, ‘सबैभन्दा ठूलो समस्या भ्रष्टाचार, अनियमितता, चरम ढिलासुस्ती, दण्डहीनता व्यापक रुपमा फैलिएको छ, तपाईंहरुले यी कुरामा प्रतिवद्धता पालना गर्नुपर्छ।’

उनले नेपालीमा कुरा धेरै गर्ने र काम थोरै गर्ने बानी रहेको पनि बताए। ‘बोली एउटा गर्ने काम र व्यवहार अर्कै गर्ने स्थिति नहोस्ु, उनले भने, ‘आजको नेपाली राजनीति शासन प्रणाली सुशासनको प्रत्याभूति गर्नेगरी काम होस्। बिचौलिया र सेटिङ भत्काउन अघि बढ्नुहोस्।’

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *