२०८२ माघ २८ गते बुधवार

निर्वाचनपछि संसद्को पहिलो बैठक

काठमाडौँ,पुस २५ । प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ। मंसिर ४ गतेको निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो।

बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए।

त्यसैगरी, राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद गठनबारे संसदलाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको छ।

एमालेसहितका राजनीतिक दलहरुको समर्थनमा प्रतिनिधिसभामा तेस्रो ठूलो दलको रुपमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् भने पुस ११ गते ८ सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

प्रधानमन्त्री दाहालले भोलि मंगलबार संसदमा विश्वासको मत लिनेछन्। प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भने प्रमुख प्रतिपक्षको रूपमा रहेको छ।

प्रकाशित मिति : २०७९ पुष २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *