२०८३ असोज २९ गते बिहिवार

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत छ्न सोङ

काठमाडौँ,पुस २४ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छ्न सोङ काठमाडौं आइपुगेका छन्। कार्यभार सम्हाल्नेगरी सोङ आइतबार बिहान काठमाडौं आइपुगेका हुन्।

अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ्ग सिनले राजदूत सोङलाई स्वागत गरेका छन्।

सोङ गत डिसेम्बर २७ मा नेपाल आउने तय भएपनि कोरोनाका कारण आउन सकेका थिएनन्।

सोङ दक्षिण एसिया मामिलामा अनुभवी चिनियाँ कूटनितिज्ञ हुन्। उनी यसअघि चिनियाँ विदेश मन्त्रालयमा एसियन अफेयर्स डिपार्टमेन्टका उपमहानिर्देशक थिए।

चारवर्षे कार्यकाल सकेर राजदूत होउ यान्छी बेइजिङ फर्केको एक महिना पछि चिनियाँ विदेश मन्त्रालयले नेपालका लागि नयाँ राजदूतको निधो गरेको हो।

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *