२०८१ बैशाख ११ गते मङ्गलवार

विश्वासको मतबारे छलफल गर्न लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ ,पुस २४ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) केन्द्रीय कार्यकारिणी समितिको बैठक आइतबार बस्दै छ।

आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिनेरनदिनेबारेमा छलफल हुने बताइएको छ।

यसका साथै, उक्त बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल गरिने बताइएको छ। पार्टीले न्युनतम साझा कार्यक्रम हेरेर मात्र समर्थन गर्ने कि विपक्षमा बस्ने निर्णय गर्ने सो पार्टीले बताउँदै आएको थियो।

 

प्रकाशित मिति : २०७९ पुष २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *