काठमाडौं,पुस २१ । त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण परिषदले स्ववियु निर्वाचनको मिति चैत ५ गते गर्न त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको छ ।
विद्यार्थी कल्याण परिषदको बिहीबार बसेको बैठकले चैत ५ गते गर्नको लागि त्रिवि कार्यकारी परिषदलाई सिफारिस गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए ।
उनले , ‘हामीले सबै डीन, निर्देशक तथा विद्यार्थी संगठनका केन्द्रिय अध्यक्षहरुसँग बसेर मिति सिफारिस गरेका हौं।’
शिक्षाध्यक्षको अध्यक्षतामा रहेको विद्यार्थी कल्याण परिषद्को सिफारिसमा त्रिविको कार्यकारी परिषद्ले निर्वाचनको निर्णय गर्ने व्यवस्था छ।
परिषदमा ९ वटै संस्थान र संकायका डिन सदस्य रहने व्यवस्था छ ।
प्रकाशित मिति : २०७९ पुष २१ गते बिहिवार