काठमाडौँ,पुस १९ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)को राजनीतिक समितिको बैठक मंगलबार पनि बस्दैछ।
बैठक ललितपुरको ज्यापु समाज भवनमा आज दिउँसो १ बजे सुरु हुनेछ।
बैठकमा निर्वाचनको समीक्षा, सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम, अन्य राजनीतिक दलहरूसँगको एकीकरण र सहकार्यलगायतका विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिए।
सरकारमा सहभागी हुनेबारे निर्णय लिने मूल एजेण्डासहित सो पार्टीको राजनीतिक समितिको बैठक सोमबारदेखि सुरु भएको हो।
प्रकाशित मिति : २०७९ पुष १९ गते मङ्गलवार