२०८२ बैशाख ३० गते सोमवार

अर्थतन्त्र सङ्कटमा छ भन्नु गलत हो ः अर्थमन्त्री शर्मा

काठमाण्डौ ,मंसिर १५ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र सङ्कटमा नरहेको दाबी गरेका छन ।

आज बिहीवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र नबुझेकाले मात्रै नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्ने गरेको बताएका हुन ।

देशको अर्थतन्त्रमा सङ्कट छ भन्नुभन्दा पहिला अर्थतन्त्रको परिभाषा, देशको वस्तुस्थितिमा ध्यान दिएर बोल्न अर्थशास्त्री, व्यवासायी र राजनीतिक व्यक्तित्वलाई उनको आग्रह छ ।

गभर्नर अधिकारीले निजी क्षेत्र र अर्थशास्त्रीलाई देशको अर्थतन्त्र कसरी सङ्कटमा परेको छ ? भन्दै प्रश्न समेत गरे । उनले नेपालको अर्थतन्त्र एकै पटक तल जाने र एकै पटक माथि जाने खालको नभएको दाबी गरे ।

नेपालको अर्थतन्त्रका सूचकहरू क्रमिकरूपमा सुधार हुँदै गएकाले अर्थतन्त्र सुधारको बाटोमा रहेको उनको भनाइ छ ।

उनले भने, ‘नेपालको अर्थतन्त्र सङ्कटमा छ भन्नु अर्थतन्त्रलाई नबुझ्ने कुरा हो । नेपालको अर्थतन्त्र सङ्कटमा छैन । हाम्रो अगाडि केही दबाब र चुनौतीहरू छन् । ती चुनौती र सामना गर्ने उपायहरू खोज्नुपर्छ । तर सङ्कटमा छ भन्नु गलत हो । मिश्रित खालको अर्थतन्त्र भएकाले नेपालको अर्थतन्त्र एकै पटक माथि पुगेर तल झर्ने प्रकृतिको होइन । अर्थतन्त्रका सूचकाङ्क सुधारोन्मुख छन् । रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र पर्यटन क्षेत्रमा भएको विकास हेर्दा त्यो पाउँछौँ । अर्थतन्त्रमा प्रायः सूचकहरू सकारात्मक छन् भने कहाँ छ सङ्कट ?’

मन्त्री शर्माले दुरी कम गर्ने गरी भौतिक पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताए ।

उनले पूर्वाधारमा लगानी बढाउन सक्दा जुम्लाबाट १२ घण्टा र चितवनबाट एक घण्टामा काठमाण्डौ आउन सक्ने वातारण बन्ने भन्दै लगानीको वातावरण सहज बनाउन आवश्यक रहेको बताए ।

मन्त्री शर्माले नेपालको अर्थतन्त्रको भविष्य उज्ज्वल रहेको भन्दै अब नेपालले क्षमता वृद्धिमा ध्यान दिनुपर्ने बताए । उनले युवालाई प्रविधि क्षेत्रमा रोजगार बढाउने र कृषि तथा पर्यटनमा रोजगारी बढाउने हो भने देश समृद्ध बन्ने बताए ।

प्रकाशित मिति : २०७९ मङ्सिर १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *