कर्णाली,मंसिर १२ । कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको छ ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (१)बाट नेकपा (माओवादी केन्द्र)का रनसिंह परियार निर्वाचित हुनुभएको हो ।
उनले हुम्ला प्रदेश(१) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार आठ सय ५१ मतान्तरले पछि पार्दै विजयी भएका थिए ।
उनले छ हजार चार सय ८१ मत ल्याएर निर्वाचित हुँदा शाहीले चार हजार छ सय ३० मत प्राप्त गरेका थिए ।
माओवादी केन्द्रबाट उनले प्रत्यक्षमा जिते पनि अन्य दलले दलित प्रतिनिधि उठाएनन् ।
नेपाली कांग्रेस, एमाले र माओवादीले प्रदेशसभा सदस्यका लागि महिलालाई टिकट दिएनन् ।
साना दलहरुमा एकमात्र दल नेपाल मजदुर किसान पार्टीले सुर्खेत क्षेत्र नं १ को (२) मा मनकली रामजाली, क्षेत्र नं २ को (१) मा बिजुकला राना र दैलेख क्षेत्र नं १ को (२) बाट लक्ष्मीकुमारी सिंहलाई प्रदेशसभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षमा उठाएको थियो । उक्त निर्वाचनमा रामजालीले ६३, रानाले तीन सय छ र सिंहले दुई सय दुई मत मात्र ल्याएर पराजित भए ।
जित्ने सम्भावना भएका कुनै पनि ठूला दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार नबनाएको अधिकारकर्मी पवित्रा शाहीले टिप्पणी गरि ।
माओवादी केन्द्रका कर्णाली प्रदेश अध्यक्ष विमला केसीले महिलाहरु प्रत्यक्षमा टिकट लिएर जित्ने क्षमता राख्न सक्छन् भन्ने उदाहरण देशैभरि देखिसकिएको बताइन ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्का अनुसार एमालेको एक लाख ८३ हजार नौ सय ५०, नेपाली कांग्रेसले एक लाख ७० हजार सात सय ५६, नेकपा ९माओवादी केन्द्र०ले एक लाख ३७ हजार छ सय २९, नेकपा ९एकीकृत समाजवादी०ले ३५ हजार आठ सय २६, राप्रपाले २५ हजार एक सय ८६, नेमकिपाले आठ हजार नौ सय ९३ र नेकपा ९माले०ले तीन हजार ९९ समानुपातिक मत प्राप्त गरेका छन् ।
अन्य दलरुले दुई हजारभन्दा कम मत ल्याएका छन् । सबै दलहरु गरेर कर्णाली प्रदेशमा पाँच लाख ७६ हजार एक सय ६७ समानुपातिक मत प्राप्त गरेको आयोगको तथ्याङ्कमा उल्लेख गरिएको छ । प्रत्यक्षमा २४ सिट भएको प्रदेशमा सबै पुरुषहरुले जितेर आएका छन् ।
प्रदेशसभामा ४० सदस्य रहने व्यवस्था छ । यसमा ३३ प्रतिशत महिला अनिवार्य हुने संवैधानिक व्यवस्था छ । चालीस सदस्यीय प्रदेशसभामा विभिन्न दलहरुबाट ३३ प्रतिशतका हिसाबले १३ महिला प्रदेशसभा सदस्यको कोटा अब त्यही समानुपातिक मत प्राप्त गरेका आधारमा पूर्ति हुनेछ ।