२०८१ साउन ६ गते आइतवार

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका अध्यक्ष ली आज नेपाल आउँदै

काठमाण्डौ,भदौ २७ । चिनियाँ राष्ट्रिय जनकङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु नेतृत्वको टोली आज नेपाल भ्रमणमा आउँदैछ ।

उनी नेतृत्वको टोली रुस, मङ्गोलिया हुँदै दिउँसो नेपाल आउन लागेको हो । नेपाल आउनेबित्तिकै उनले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गर्ने कार्यक्रम छ ।

भोलि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन ।

लीले पर्सि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने कार्यक्रम छ ।

चुनावको मिति नजिकिँदै गर्दा चीनबाट कम्युनिस्ट पार्टीका तेस्रो वरीयताका नेता नेपाल आउन लागेका हुन ।

प्रकाशित मिति : २०७९ भाद्र २७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *