बुटवल,भदौ २१ । लोसपा छाडेका राजेन्द्र गुप्ता जनमत पार्टीको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन भएका छन् ।
मंगलबार बुटवलमा उनलाई जनमतका अध्यक्ष डा.सी.के. राउतले पार्टीमा स्वगत गर्दै केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्जमा मनोनयन गरेका हुन् ।
गुप्ता लुम्बिनी प्रादेशिक अस्पताल विकास समिति र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका पूर्वअध्यक्ष समेत हुन् ।
पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवका अनुसार पार्टीको राष्ट्रिय उपाध्यक्षमा नरसिंह चौधरी र केन्द्रीय सदस्य तथा आदिवासी जनजाति जनमत संघको राष्ट्रिय संयोजकमा कैलाश गुरुङलाई मनोनीत गरिएको छ ।
प्रकाशित मिति : २०७९ भाद्र २१ गते मङ्गलवार