२०८२ जेष्ठ ४ गते शुक्रवार

सरकार सबै भाषाभाषी र जातजातिप्रति प्रतिबद्ध छ ः मन्त्री कार्की

काठमाण्डौ,साउन २७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुदायको विकास हुनुपर्ने बताएका छन ।

नेपाल कुशवाहा कल्याण समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा आज शुक्रवार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता कार्कीले समृद्ध नेपाल निर्माणका लागि समाजको पिँधमा रहेको समुदायको आर्थिक, सामाजिक र सांस्कृतिक विकास हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘देशका विभिन्न जातजाति, भाषाभाषीको समुचित विकास भएमात्र देशको विकास हुन्छ, देशको विकासका निम्ति हिमाल, पहाड, तराईको विकास हुनुपर्छ ।’ सरकार सबै समुदायको अधिकार सुनिश्चितताको निम्ति प्रतिबद्ध रहेको मन्त्री कार्कीको भनाइ थियो ।

उनले कुशवाहा समुदायले देश परिवर्तनमा पुर्‍याएको योगदानको चर्चा गर्दै समृद्ध नेपाल निर्माणमा सबै नागरिकको उत्तिकै भूमिका हुने बताए ।

समाजका अध्यक्ष तपेश्वर महतोले राज्यका हरेक संरचनामा कुशवाहा समुदायको समान सहभागिताको माग गर्दै आउँदो चुनावमा राजनीतिक दलहरूले कुशवाहा समुदायलाई टिकटको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०७९ साउन २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *