२०८२ जेष्ठ ३० गते शुक्रवार

छिट्टै विशेष महाधिवेशन गर्छौं ः प्रचण्ड

काठमाडौं,असार २३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने बताएका छन् ।

प्रज्ञा भवन कमलादीमा बसिरहेको केन्द्रीय कमिटी बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्नुपर्ने बताए ।

उनले अघि भने, ‘छिटोभन्दा छिटो महाधिवेशन गर्दैछौं, त्यहाँ समाजवाद र त्यससम्बन्धी कार्यक्रम निर्माण र अन्य विषयमा गम्भीर छलफल हुन्छ ।’

माओवादीले गत पुसमा आठौं महाधिवेशन गरेको थियो । तर अहिलेसम्म पदाधिकारी, स्थानीय कमिटी र पोलिटब्यूरो बनाउन सकेको छैन ।

प्रकाशित मिति : २०७९ असार २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *