२०८१ फाल्गुन २ गते शुक्रवार

मन्त्री हेरफेर गर्ने एकीकृत समाजवादीको निर्णय, फिर्ता बोलाउने जिम्मा माधव नेपाललाई

काठमाडौं,जेठ २२ । एकीकृत नेकपा समाजवादीले आफ्नो पार्टीको तर्फबाट मन्त्री भएकाहरुलाई २४ घण्टाभित्र फिर्ता बोलाउने भएको छ। त्यसको जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिइएको छ।

पार्टीका पोलिटव्यूरो सदस्य मेटमणी चौधरीले पार्टीबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिए। उनले भने, ‘बैठकले मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन भनेको छ। त्यसको जिम्मा पार्टी अध्यक्षलाई दिइएको छ।’

आइतबार पार्टी कार्यालय तीनकुनेमा बसेको समाजवादीको सचिवालय बैठकमा सरकारमा पार्टीबाट मन्त्रीहरुको हेरफेरका बारेमा छलफल भएको र यसको अधिकार पार्टी अध्यक्ष माधव कुमार नेपाललाई रहेको उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए।

उनले ६ महिनाका लागि सरकारमा पठाएकाले मन्त्री हेरफेर गर्ने बिषयमा छलफल भएको बताए। पार्टीबाट मन्त्री भएकाहरु र शीर्ष नेताहरुबीच छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनको भनाइ छ।

उपमहासचिव तुलाधरले मन्त्री फेरबदल गर्ने निर्णय सबैले मान्नुपर्नेसमेत बताए। त्यस्तै उनले बाम एकता राम्रै कुरा भएको भए पनि इमान्दारी नभए राम्रो नहुने पुष्टि भइसकेको जिकिर गरे।

तुलाधरले गठबन्धन भत्काएर मुलुकलाई बबार्दीतर्फ लान नहुने बताए। सचिवालय बैठकले पार्टीका सबै कमिटीहरुलाई प्राकृतिक विपतको पूर्वतयारीका लागि परिचालन गर्ने निर्णय गरेको उनले बताए।

समाजवादीले छिटै केन्द्रीय कमिटी बैठक बस्ने र त्यसपछि केन्द्रीय परिषद्को बैठक बोलाउने तयारी भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *