२०८१ फाल्गुन २ गते शुक्रवार

सरकारले निर्वाचन केन्द्रित बजेट ल्यायो – राजेन्द्र लिङ्देन

काठमाण्डौ,जेठ १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट निर्वाचन केन्द्रित रहेको टिप्पणी गरेका छन्।

अध्यक्ष लिङ्देनले ललिपपजस्तो मानिसहरूलाई भुल्याउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसप्रति आपत्ति जनाएका छन्।

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा बुधबार भाग लिँदै उनले बजेटले चर्को मूल्यवृद्धि रोक्ने, मुलुकको आर्थिक संकट समाधान गर्ने कुनै प्रयास नगरेको दावी गरेका छन्।

अध्यक्ष लिङदेनले बजेटले जनताको जीवनमा परिवर्तन ल्याउने कुनै योजना प्रस्तुत गर्न नसकेको पनि बताए।

उनले भने, ‘बजेटको कुरा गर्दा अहिले मात्रै हामीले वितरणमुखी बजेट ल्याएको हो, अहिले मात्रै हामीले यस्तो बजेट ल्याएको होरु भनेर टार्ने र जवाफ दिने खालको आउँछ। यो हाम्रो लागि र हामी कसैको लागि पनि सुखद कुरा होइन। यो बजेटको जब हामीले कुरा गर्छौँ, अहिलेको बजेट इमान्दारीपूर्वक भन्नुपर्छ कि यसले हाम्रो जीवनमा परिवर्तन गर्न सक्दैन। यो बजेट केवल निर्वाचनलक्षित छ ।’

लिङदेनले सरकारले ल्याएको बजेट स्रोतको यकिन नगरी अनुमानको भरमा आएको पनि आरोप लगाए।

प्रकाशित मिति : २०७९ जेष्ठ १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *