२०८१ माघ १३ गते आइतवार

काठमाण्डौमा बालेन शाह केशव स्थापित भन्दा १० हजार ५ सय ८८ मतले अगाडि

काठमाण्डौ,जेठ ५ । काठमाण्डौ महानगरमा बालेन शाहले मतान्तरलाई फराकिलो बनाउँदै गएका छन ।

महानगरको पछिल्लो मत परिणामअनुसार ५८ हजार ७६ मत गन्दा बालेन शाहले २२ हजार १ सय ८९ मत प्राप्त गरे ।

एमालेका उम्मेदवार केशव स्थापितले अहिलेसम्म ११ हजार ६ सय १ मत प्राप्त गरे ।
स्थापित शाह भन्दा १० हजार ५ सय ८८ मतले पछाडि छन ।

नेपाली कांग्रेसकी सृजना सिँहले १० हजार ९ सय ६३ मत प्राप्त गरिन । उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता कायमै छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *