२०८१ चैत्र ४ गते सोमवार

पोखरामा कांग्रेसका पदाधिकारी पार्टी कार्यालयमा थुनिए

पोखरा,बैशाख ११ । पोखरा महानगरपालिकामा चुनावी तालमेलको विपक्षमा रहेका नेपाली कांग्रेसका कार्यकर्ताले जिल्ला समिति कास्कीका पदाधिकारीलाई पार्टी कार्यालयमा थुनेका छन् ।

सत्तारुढ गठबन्धनभित्र पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका उनीहरुले जिल्ला समितिका पदाधिकारी बैठकमा रहेका बेला थुनिदिएका हुन् ।

सत्तारुढ गठबन्धनमा पोखराको मेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ ।

कांग्रेसका जिल्ला सचिव भानु ढकालले आफूहरु थुनिएको बताए । ‘भित्र बैठक चलिरहेको छ । कार्यकर्ताहरु आएर थुनिदिनुभएको छ । बाहिर निस्किन दिनुभएको छैन,’ उनले भने ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *