२०८१ चैत्र ३ गते आइतवार

रुपन्देहीका स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

बुटवल,बैशाख ११ । नेकपा एमालेले रुपन्देहीका सबै स्थानीय तहको प्रमुख र उपप्रमुखको उम्मेदवार टुंगो लगाएको छ ।

बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा सावित्रा अर्याल उम्मेदवार बन्ने भएका छन् । त्यस्तै तिलोत्तमा नगरपालिकाको मेयरमा मोहन चापागाईं र उपमेयरमा जगेश्वरी देवी चौधरी उम्मेदवार चयन भएका छन् ।

सैनामैना नगरपालिकाको मेयरमा हालका मेयर चित्रबहादुर कार्की र उपमेयरमा बिना रानालाई नै दोहो¥याउने निर्णय भएको एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले बताए ।

त्यसैगरी देवदह नगरपालिका मेयरमा ध्रुव खरेल र उपमेयरमा विद्यालक्ष्मी गुरुङलाई उठाउने एमालेको निर्णय छ । खरेल एमाले प्रदेश कमिटी सदस्य हुन भने गुरुङ जिल्ला कमिटी सदस्य तथा नगरपालिका उपप्रमुख हुन् । देवदहमा यसअघि नगर प्रमुख नेपाली कांग्रेसले जितेको थियो ।

सिद्धार्थनगर नगरपालिका मेयरमा डा.रामप्रसाद बस्याल र उपमेयरमा उमा अधिकारी उम्मेदवार चयन भएका छन् ।

लुम्बिनी सांस्कृतिक नगरपालिकामा मेयरमा रमावती यादव र उपमेयरमा कल्पना हरिजनलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ । रमावती केही दिन अघिमात्रै नेपाली कांग्रेस त्यागेर एमाले प्रवेश गरेकी हुन् ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *