२०८३ भाद्र ११ गते बिहिवार

कांग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति पाण्डे सहित सबै पदाधिकारीले दिए पार्टीबाट राजिनामा

पाल्पा,बैशाख ११ । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सन्दर्भमा पार्टी नेतृत्वले कार्यकर्ताको भावना बिपरित निर्णय गरेको भन्दै नेपाली कांग्रेस पाल्पाको तिनाउ गाउपालिकाका सभापति प्रेम पाण्डे सहित सबै पदाधिकारीले पार्टीबाट राजिनामा दिएका छन् ।

पार्टीले गठबन्धनका नाममा लोकतान्त्रीक विधी मिचेको भन्दै तिनाउ गाउपालिका सभापति सहित सबै वडा सदस्यहरुले शनिबार राजीनामा दिएका हुन् ।

पार्टीले कार्यकर्ता र मतदाताको भावना बुझेन यसरी गठबन्धन जोगाउने नाममा तिनाउ गाउपालिकामा कांग्रेसलाई रित्तै बनाउन खोजियो त्यसैले पार्टीको जिम्मेवारीबाट राजिनामा दिएका हौं तिनाउ गाउपालिका सभापति प्रेम पाण्डेले भने ।

लामो समयदेखि नेपाली कांग्रेसको राजनीति गर्दै आएका पाण्डे गाउपालिका प्रमुखका आकांक्षी थिए । तर गठबन्धन बिच सहमती हुँदा उक्त पालिका नेकपा माओवादी केन्द्रका भागमा परेपछि उनीहरु असन्तुष्ट भएका हुन ।

हामी प्रजातान्त्रिक पार्टीका मान्छौं हो कसैको दासत्व स्वीकार गर्न सक्दैनौं पार्टीले स्थानिय अवस्थाको बस्तुनिष्ट बिश्लेषण नगरी पालिका प्रमुख माओवादीलाई सुम्पने काम गर्यो त्यसकारण राजिनामा दिएका हौं पाण्डेले भने ।

पाण्डेले आफुहरुले अब स्वतन्त्र ढंगले उम्मेदवारी दिने तयारी गरेका छौं साथीहरु संग छलफल गरि रहेको बताए ।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *