काठमाण्डौ,बैशाख ९ । नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा सदस्य थप गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको संयोजकत्वमा रहेको निर्वाचन आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वयन उपसमितिमा आठ सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
काठमाण्डौका किरण गिरी, धनकुटाका सन्तोषी राई, धादिङकी डीपी अर्याल, कैलालीका डीपी उपाध्याय, काठमाण्डौका गणेश केसी, सङ्खुवासभाका श्याम विश्वकर्मा, स्याङ्जाका दिलीपाश्री अधिकारी र सुनसरीकी मनोज चौधरी रहेका छन ।
यसअघि पार्टीका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको पालिकाको चुनाव केन्द्रीय परिचालन समितिले केन्द्रीय सदस्य विश्वकर्माको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।
प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
