२०८१ चैत्र ३ गते आइतवार

रुपन्देहीका कांग्रेस नेता यादव जसपा प्रवेश

बुटवल,बैशाख ९ । रुपन्देहीको सिद्धार्थनगरका कांग्रेस नेता मातृकाप्रसाद यादव जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयर पदका दाबेदार रहेका यादवले टिकट नपाएपछि असन्तुष्ट हुँदै २ दिनअघि पार्टी परित्यागको घोषणा गरेका थिए ।

यादवलाई जसपा नेताहरू सहसराम यादब, ओमप्रकाश यादव, देवेन्द्र पाण्डे, पंकज राईलगायतले पार्टीमा प्रवेश गराएका छन् ।

यादवले कांग्रेसमा व्यक्तिवाद हाबी भएको, पुराना त्यागी नेताहरूलाई बेवास्ता गरी नवप्रवेशीलाई अवसर दिने परिपाटी विकास भएकाले पार्टी परित्याग गरेको बताए ।

यादव अघिल्लो स्थानीय चुनावमा एमालेका हरि अधिकारीसँग पराजित भएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *