२०८३ भाद्र १० गते बुधवार

कतै समस्या परे गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिन्छ – प्रचण्ड

धनगढी, वैशाख ८ । सत्तारूढ दल नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समस्या परेका पालिकामा सत्ता गठबन्धनभित्रै मित्रतापूर्ण प्रतिस्पर्धा गर्न सकिने बताएका छन्।

बिहीबार धनगढी पुगेका प्रचण्डले कहिँकतै (पालिकामा) गठबन्धनभित्र समस्या परेमा स्वस्थ्य र मित्रतापूर्ण प्रतिस्पर्धा हुने बताएका हुन्।

‘समस्या परेमा त्यस्तो ठाउँमा गठबधनभित्रै पनि प्रतिस्पर्धा हुन सक्छ भनेका छौं । तर, त्यस्तो भन्नुको तात्पर्य गठबन्धनभित्रको प्रतिस्पर्धामा प्राथमिकता दिने भनिएको होइन ।

प्राथमिताकता तालमेलमा हो,’ उनले भने, ‘तर, समस्या कहिँकतै पर्‍यो भने समस्या परेको ठाउँमा मित्रतापूर्ण ढंगे प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने कुरा नै हो।

उनले महानगर र उपमहागरपालिकामा गरिएको तालमेलका आधारमा नै अन्य पालिकामा तालमेल हुने उनले जानकारी गराए।

‘गठबन्धनभित्र तालमेलमा अधितम जोड गर्ने, जसरी केन्द्रमा महानगर र उपमहानगरपालिकामा सहमतिका आधारमा तालमेल गरेका छौं,’ उनले भने, ‘त्यही मर्म र भावनालाई आत्मसाथ गरेर देशैभर तालमेल र गठबन्धन गर्ने भनेर भनेका छौं।’

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *