२०८३ भाद्र १० गते बुधवार

तुलसीपुरको उपमेयरका लागि देवा डाँगी लगायत ७ जनाको नाम सिफारिस

तुलसीपुर,बैशाख ५ । नेपाली काँग्रेसले तुलसीपुर उपमहानगरपालिकाको उपमेयरका लागि ७ जनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेहरुमा देवा डाँगी ,देवकी नेपाली ,चित्रा गिरी,कविता शर्मा,पवित्रा धिताल,यमुना शाह,रामचन्द्र केसी रहेका छन् ।

नाम सिफरिस भएकी डाँगी नेपाली २०७४ को निर्वाचनमा समेत उपमेयरका लागि अन्तिमसम्म चर्चामा रहेकी थिईन् र आगामि स्थानिय तहको निर्वाचनका लागि पनि डाँगीको नाम चर्चामा रहेको छ ।

विगत लामो समयदेखि विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व गरेकी डाँगीले राजनीतिमा पनि आफुलाई जिम्मेवारीका साथ क्रियाशिल बनाउदै आएकि छिन् ।

नेवि संघको ईकाई सभापतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी उनले नेपाल महिला संघ महाधिवेशन प्रतिनिधि , राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ महाधिवेशन प्रतिनिधि,नेपाली काँग्रेस दाङ जिल्ला सदस्य,नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका केन्द्रीय सदस्य हुँदै हाल नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि भएर नेपाली काँग्रेसको संगठन सुदृढीकरणमा २० वर्ष बढी समय विताई सकेकी छिन् ।

समाजमा पछाडि पारिएका वर्ग मध्य पनि अझ पछाडि पारिएको वर्ग अपाङ्गता भएका व्यक्तिहरुको वर्ग हो । त्यसमा पनि अपाङ्गता भएका महिलाहरुको वर्ग अझ पछाडि पारिएको छ ।

त्यही अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व गरेर उनिहरुको निर्णायक तहमा पहुँच पुर्याउने र सामाजिक रुपले पछाडि रहेका अन्य वर्ग र समुदायको विकासमा निरन्त लाग्ने मुख्य लक्ष्यका साथ राजनीतिमा लागेकी डाँगीले पार्टीले विश्वास गरेर उपमेयरमा आफुलाई जिम्मेवारी दिए आफुले उत्कृष्ट काम गरेर देखाउने कुरा वताएकी छन् ।

प्रकाशित मिति : २०७९ बैशाख ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *