२०८३ असार २७ गते शनिवार

भोलिसम्ममा चुनावी गठबन्धनको अन्तिम टुङ्गो लागिसक्छ – अध्यक्ष दाहाल

चितवन,बैशाख ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार दलका बीचमा चुनावी गठबन्धनको अन्तिम टुङ्गो भोलिसम्ममा लागि सक्ने बताएका छन ।

भरतपुर विमानस्थलमा आज बिहान पत्रकारसँग कुराकानी गर्दै उनले आजै बेलुकासम्ममा खाका तयार हुने बताउनु भएको हो । उनले भने,’आज बेलुकासम्म सिफारिस गर्ने भनिएको छ, हामी सम्भवतः भोलिसम्ममा एउटा टुङ्गोमा पुग्छौँ ।’

चुनावका समयमा एउटै पार्टीभित्र समेत विवाद, बहस हुने जनाउँदै उनले दलकाबीचमा सहमति हुन समय लाग्नु स्वाभाविक रहेको बताए । उनले फरक प्रसङ्गमा भरतपुर महानगरका विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७९ बैशाख ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *