काठमाण्डौ,चैत १४ । मुलुकको अर्थतन्त्र र भावी बजेटबारे बृहत् छलफल गर्न बोलाएको बैठक सांसदहरुको कोरम नपुगेपछि अर्थ समितिको स्थगित भएको छ ।
प्रतिनिधि सभा अर्थ समितिको बैठक सोमबार १०ः३० निम्ति बोलाइएको थियो । जहाँ अर्थमन्त्री र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरुसँग छलफल गर्ने योजना थियो ।
समितिको बैठक भाग लिन जम्माजम्मी ४ जना सांसद् उपस्थित भएका थिए । समितिमा २५ जना सांसद् छन् । समितिका सचिव सुरेन्द्र अर्यालले भने, ‘कोरम नपुगेको भनी प्रश्न उब्जिएपछि बैठक गर्नु उचित ठानिएन । त्यसकारण स्थगित गर्नुपरेको हो ।’
समितिले बजेट निर्माणमा नीतिगत निर्देशन दिने उद्देश्यअनुरुप सरोकारवालाहरुसँग परामर्श गर्ने योजनाअनुरुप बैठक बोलाएको थियो ।
प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार