तुलसीपुर, चैत ७ । दंगीशरण गाउँपालिका वडा नं. ७ बुटनियामा महिला टोल समिति गठन गरिएको छ ।
नेपाली कांग्रेसको ‘घर–घर जाऊ, काँग्रेस जिताउ’ अभियान अन्तर्गत सरिता चौधरीको अध्यक्षतामा टोल महिला संघ गठन भएको हो । जस्को उपाध्यक्षमा गौरी खड्का, सचिव रुक्मा वली रहेका छन् । त्यस्तै सदस्यहरुमा सुनिता चौधरी, प्रर्मिला चौधरी, छबी खड्का, साबित्रा चौधरी, सर्मिला खड्का र निmलम चौधरी रहेका छन् ।
नेपाली कांग्रेस दाङका जिल्ला सदस्य तथा जिल्ला प्रतिनिधि सुरेशकुमार श्रेष्ठ , निर्वाचन क्षेत्र नं. ३ (ख) का उपसभापति दोर्ण देबकोटा, वडा सभापति टेकबहादुर थापा ,तरुण दल दाङका जिल्ला सदस्य नवीन योगी, बुटनिया टोलका सभापति रेवन्त रावत लगायतको अग्रसरतामा सर्वसम्मत रुपमा टोल समिति गठन गरिएको हो ।
प्रकाशित मिति : २०७८ चैत्र ७ गते सोमवार