
देउखुरी, फागुन २६ । राप्ती गाउँपालिकामा नेपाली काग्रेसको भातृ संगठन नेपाल तरुण दलको संगठन विस्तार गरिएको छ । राप्ती गाउँपालिका – ७ स्थित पार्टी कार्यालयमा भएको भेलाले वडा नं ७ मा वडा समिति बिस्तार गरेको हो । ।
भेलाले नरीजन चौधरीको अध्यक्षतामा १९ सदस्यीय वडा समिति गठन गरेको छ । जस्को उपाध्यक्षमा तिर्थु चौधरी, बुद्धि प्रकास चौधरी, सचिवमा अलेक्स चौधरी, मनोज चौधरी, सहसचिवमा सिमा चौधरी, कोषाध्यक्ष प्रमिला चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा प्रमिला चौधरी, संगिता चौधरी, सरोज चौधरी, शुसील चौधरी, विशाल चौधरी, सिमेन चौधरी, सुलोचना चौधरी, आशिष चौधरी, टाईजन चौधरी, अस्मिता चौधरी, सुनसरी चौधरी, राम स्वरुप चौधरी रहेका छन् ।
तरुण दल राप्तीका अध्यक्ष आषिश पौडेलको अध्यक्षता र महाधिबेशन प्रतिनिधि विलोचन चौधरीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रदेश महाधिबेशन प्रतिनिधि अमृत अधिकारी, पालिका सभापति विद्याशरण चौधरी लगाएतले अगामी बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई बिजयी बनाउन भूमिका खेल्न आग्रह गरेका थिए ।
