२०८१ चैत्र ९ गते शनिवार

चीनसँगको नाकामा देखिएको समस्या समाधानका लागि आग्रह गरेका छाैँ : परराष्ट्र मन्त्री खड्का

काठमाण्डौ,फागुन २३ । परराष्ट्र मन्त्री डा. नारायण खड्काले चीनसँगको नाकामा देखिएको समस्या समाधानका लागि चिनियाँ पक्षसँग आग्रह गरेको बताएका छन ।

परराष्ट्र मन्त्री खड्काले आज सोमवार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चीनका विदेश मन्त्री वाङ यीसँग नाका खुलाउनका लागि झन्डै एक घण्टा टेलिफोन संवाद गरेको उल्लेख गर्दै दुवै देशको हितका लागि पनि त्यो नाका खुलाउन ढिलाइ गर्न नहुने बताएका हुन ।

उनले भने, ‘उत्तरी नाका खोल्न पहल गरिराखेका छौँ । चीनका विदेश मन्त्री वाङसँग त्यही माग राखेर एक घण्टा टेलिफोन वार्ता गरिएको छ । चिनियाँ राजदूतसँग पनि त्यो नाका खोल्ने विषयमा कुराकानी भएको छ । दुवै देशको हितमा भएकाले त्यो नाका छिट्टै खुल्ने विश्वास लिएका छौँ ।’

यस्तै परराष्ट्र मन्त्री खड्काले नेपालमा छिट्टै उच्चस्तरीय भ्रमण हुने बताए । विदेशबाट छिट्टै राष्ट्रप्रमुख वा प्रधानमन्त्री तहको उच्चस्तरीय भ्रमण हुने उनले बताए । तर भ्रमण कसको हुने भन्ने कुरा चाहिँ समय आएपछि मात्रै जानकारी गराउने उनको भनाइ थियो । मन्त्री खड्काले खास समय आएपछि त्यो उच्चस्तरीय भ्रमणबारे पत्रकारहरुलाई आफूले जानकारी गराउने पनि स्पष्ट पारे ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *