२०८३ भाद्र १२ गते शुक्रवार

भोलि बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्ने

काठमाण्डौ,फागुन ३ । प्रमुख प्रतिपक्षी दल एमालेले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ ।

बुधबार बस्ने संसद बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी गरिएका बेला एमालेले अवरोध गर्ने भएको हो । ‘हामीहरूको माग पूरा भएको छैन ।

बुधबार बस्ने संसद बैठक पनि एमालेले अवरोध गर्छ,’ एमाले सांसद शेरबहादुर तामाङले भने ।

एमालेको अवरोधका बीच पनि सभामुख सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि पेस गर्ने सम्भावना रहेको उनले बताए ।

‘हाम्रो अवरोधकैबीच पनि सरकारले एमसीसी प्रस्ताव टेबुल गराएर सभामुख सापकोटाले प्रक्रिया अघि बढाउने सम्भावना छ,’ सांसद तामाङले भने ।

आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *