२०८३ भाद्र १२ गते शुक्रवार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौ,माघ २७ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्ने तयारी छ । कांग्रेसले हालै ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति बनाएको थियो ।

बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले बिहीबार बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्ने गरी एजेण्डा तय गरेको थियो ।

बैठकमा जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन र भातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशनको विषयमा छलफल हुने एक नेताले बताए ।

कार्यसम्पादन समितिमा सभापति शेरबहादुरसहित १३ पदाधिकारीका साथै पूर्वपदाधिकारीलाई पनि समेटिएको छ ।

पदाधिकारीमा सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेका छन् ।

त्यस्तै सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, भीष्मराज आङदेम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौंर, बद्री पाण्डे र जीवन परियार रहेका छन् ।

प्रकाशित मिति : २०७८ माघ २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *