२०८३ भाद्र ११ गते बिहिवार

सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड

अर्घाखाँची,माघ २५ । अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरूले सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् ।

विप्लव नेतृत्वको नेकपा निकटका जनवर्गीय संगठनहरूले सदरमुकाम सन्धिखर्कमा आयोजना गरेको बृहत् अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेताहरूले सरकार ठिक ढंगले चल्न नसकेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनालले आयल निगममा नीतिगत भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने बताइरहँदा अन्य दलका नेताहरूले भने सरकारको आलोचना गरेका छन् ।

अर्घाखाँची चेम्वर अफ कमर्स, अर्घाखाँची उद्योग वाणिज्य संघका प्रतिनिधिसहित जिल्लामा रहेका सबै दलको सहभागितामा गरिएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्णप्रसाद खनाल, नेकपा एमालेका जिल्ला उपसचिव शम्भुप्रसाद पोख्रेल, नेकपा माओवादी केन्द्रका नेता देवबहादुर खड्का, नेकपा एसका अध्यक्ष रामबहादुर चौहान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी खेम घर्ती, जनता समाजवादीका नेता पुष्कर आचार्य, जनमोर्चा नेता भीमलाल पौडेलसहितका नेताहरुले सरकारले जनताको पक्षमा काम गर्न नसकेको बताएका हुन् ।

प्रकाशित मिति : २०७८ माघ २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *