२०८३ असार २७ गते शनिवार

देउवा-प्रचण्ड बीच बालुवाटारमा भेटवार्ता

काठमाण्डौ,माघ १९ । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

आज उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा गृहमन्त्री बालकृष्ण खाण र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए।

स्थानीय तह चुनाव, एमसिसीलगायत विषयमा छलफल भएको स्रोतको भनाइ छ। प्रधानमन्त्री देउवाले निर्वाचन आयोगका पदाधिकारीहरूसँग जेठ ४ मा स्थानीय चुनाव गर्ने बताएका थिए।

स्थानीय चुनावको मिति भने अब बस्ने मन्त्रिपरिषद बैठकबाट तय गरिने प्रधानमन्त्री देउवाको भनाइ थियो।

पछिल्लो समय एमसिसी संसदमा पेश गर्ने विषयलाई लिएर राजनीति तरंगित भएको छ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *