२०८३ असार २७ गते शनिवार

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाण्डौ,माघ १९ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्ने छ ।

एमाले केन्द्रीय कार्यालयका अनुसार पार्टीको नियमावली र जनसंगठन सन्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको छ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र स्थानीय तह निर्वाचनको रणनीतिबारे पनि छलफल हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *