२०८१ बैशाख ७ गते शुक्रवार

राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन फागुनलाई सर्‍यो

काठमाडौँ,पुस २९ । राष्ट्रिय जनमोर्चाले आगामी माघ १५ र १६ गतेलाई तय गरेको सातै प्रदेशको प्रदेश सम्मेलन २२ दिन पछि सारेको छ ।

कोरोनाको नयाँ भेरियन्टको बढ्दो संक्रमण र कतिपय आवश्यक तयारी अभावमा सम्मेलन सार्नुपरेको सो पार्टीले जनाएको छ ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिहीबार विज्ञप्ति जारी गर्दै माघ १५ र १६ गतेलाई तय भएका प्रदेश सम्मेलन आगामी फागुन ६ र ७ गते गर्नेगरी सारिएको जानकारी गराएका हुन् ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *