२०८२ माघ ३ गते शनिवार

विवेकशीलले हटायो रन्जु दर्शनासहितका प्रदेश संयोजक

काठमाडौं,पुस २८ । विवेकशील साझा पार्टीको कार्यसम्पादन समितिले बागमती प्रदेश संयोजक रञ्जु दर्शनासहित ३ वटा प्रदेश र अन्तर्राष्ट्रिय संयोजकलाई हटाएको छ।

उनीहरुलाई हटाएपछि विवेकशील साझाले अन्यलाई नेतृत्वमा ल्याएको छ।

कार्यसमितिको गत पुस २१ गते बसेको तेह्रौँ बैठकले दर्शनासहित प्रदेश २ संयोजक अनिमेश कुमार मिश्र, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजक सुरेश भट्टहरुलाई हटाएको हो।

कारबाहीमा परेका संयोजक मिलन पाण्डेको पक्षमा उभिएका गण्डकी प्रदेश संयोजक महेश भण्डारी र प्रदेश २ संयोजक अनिमेशकुमार मिश्रले राजीनामा दिएका थिए। बाँकीको जिम्मेवारी हेरफेर गरिएको पार्टी प्रवक्ता शरद पाठकले बताए।

पार्टीको कार्यसम्पादन बैठकले अन्तर्राष्ट्रिय सद्भाव समूहको संयोजकमा एसके श्रेष्ठ, प्रदेश २ को संयोजकमा धनपति महतो, बागमती प्रदेश संयोजकमा सञ्जीवबल्लभ भट्टराई, गण्डकी प्रदेश संयोजकमा सुशीला अधिकारी केसीलाई चयन गरेको छ।

कार्यसम्पादन समितिका निर्णयहरू छलफल तथा अनुमोदनका लागि केन्द्रीय समितिको बैठकमा पेस गर्ने पार्टीको तयारी छ। केन्द्रीय कमिटी बैठकको मिति तय भइनसकेकोको प्रवक्ता पाठकले बताए।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *