२०८३ बैशाख १५ गते मङ्गलवार

सुर्खेतको एमाले अध्यक्षमा अमृत विसी विजयी

सुर्खेत,पुस २८ । नेकपा एमाले सुर्खेत जिल्ला अध्यक्षमा अमृत विसी विजयी भएका छन् । प्रतिस्पर्धी डण्डिप्रसाद शर्मालाई चुनावी प्रक्रियामा हराउँदै विसी निर्वाचित भएका हुन् ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विसीले ३६८ र शर्माले २६७ मत ल्याएका निर्वाचन समितिका सदस्य गंगाराम तिमिल्सिनाले जानकारी दिए ।

उपाध्यक्षमा पनि विसी प्यानलकै कूलमणी देवकोटा निर्वाचित भएका छन् । उनले ३९४ मत ल्याउँदा शर्मा प्यानलका ऋषी गिरीले २२६ मत ल्याएका छन् ।

त्यस्तै सचिवमा कविन्द्र कुमार केसीले ३९० मत ल्यायर विजयी हुँदा अर्का प्रतिस्पर्धी रेशम रानाले २३३ मत ल्याएका छन् ।

उपसचिवमा पनि विसी प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । उपसचिवमा घनश्याम पाण्डे ९३९१० र बलबहादुर नेपाली ९३६९० विजयी भएका हुन् ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि विसी र शर्मा प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका थिए । नेतृत्व छनोट गर्न दुवै समूहबाट लगातार चार दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार दिउँसोबाट मतदान सुरु गरिएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *