काठमाडौं,पुस २६ । बढ्दो कोभिड संक्रमणका कारण नेकपा एकीकृत समाजवादीले भेला स्थगित गरेको छ। पार्टीले सोमबारका लागि तय गरेको भेला कोभिड संक्रमण बढ्न थालेसँगै स्थगित गरेको हो।
समाजवादीले काठमाडौंको थापागाउँस्थित काठमाडौं व्याङ्क्वेटमा भेलाको आयोजना गरेको थियो। एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको हो।
‘कोभिडको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको छ ।
यसर्थ,आज थापागाउँस्थित काठमाडौं व्याक्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन्छ’ पार्टीले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०७८ पुष २६ गते सोमवार