२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुर ११ मा कांग्रेसको शोक सभा

तुलसीपुर,पुस २४ । नेपाली कांग्रेस तुलसीपुर ११ ले आफ्ना क्रियाशिल सदस्य डम्बर बहादुर खत्रीको निधनमा शोक सभा गरेको छ ।

तुलसीपुर ११ नवलपुरका नेपाली कांग्रेस क्रियाशिल सदस्य खत्रीको निधनको १३ औं दिनको पुन्यतिथिमा शोक सभा गरिएको हो ।

इकाई सभापति हेमबहादुर वलिको सभापतित्व तथा नेपाली कांग्रेसका नेता केशब आचार्यको प्रमुख आतिथ्यमा भएको शोक सभामा कांग्रेस दाङका सदस्य यज्ञबहादुर बस्नेत, प्रदेश क्षेत्रिय सभापति खिम बहादुर वलि, कांग्रेस नेता एकराज आचार्य, नेपाल किसान संघका जिल्ला सभापति गोबर्धन शर्मा, पुर्ब इकाई सभापति टोपेन्द्रराज रेग्मी, कांग्रेसका स्थानीय नेता नेत्रमणी शर्मा लगायतले स्वर्गिय खत्रीको नेपाली कांग्रेसमा लगानी र उनको निधनले पार्टीलाइ ठुलो क्षति पुगेको बताउँदै श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

घरपरिवारको तर्फबाट साबिक उरहरिका पुर्ब सभापति समेत रहेका क्षेत्रिय प्रतिनिधि अर्जुन बहादुर केसिले धन्यवाद ज्ञापन गरेका थिए भने शोक सभाको सहजीकरण इकाई सचिव बालकृष्ण लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *