देविराम कुसारी,गोल्टाकुरी, पुस २४ । नेपाली कांग्रेस दंगीशरण गाउंपालिका कार्यसमितिको दोस्रो बैठक विभिन्न निर्णयका गर्दै दंगीशरण १ मा सम्पन्न भएको छ ।
दंगीशरण गाउँपालिका कार्यसमितिका सभापति शम्भु गिरीको सभापतित्व एंव नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रतिनिधि यज्ञबहादुर बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले विभिन्न निर्णय गरेको छ ।
बैठकले पार्टीको पालिका स्तरिय कार्यलय दंगीशरण ४ स्थित सभापति सम्भु गिरीको घरमा स्थापाना गर्ने, मतदाता नामावली दर्तालाई सहयोग गर्ने, प्रत्येक टोलमा–टोल कार्यसमिति गठन गर्ने लगाएतका निर्णय गरेको छ ।
बैठकले काग्रेंसका विभिन्न ओहोदाका व्यक्तिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
पालिका उपसभापती दुर्गा बोहराको स्वागत मन्तव्यवाट सुरु भएको वैठकमा लुम्बिनि प्रदेश प्रतिनिधि मधु चौधरी, दाङ क्षेत्र नं ३ ख का सह–सचिब रोशनजंग शाह, रमेश भण्डारी, क्षेत्रीय प्रतिनिधि देविराम कुसारी, मोहन के.सी.,लक्ष्मण देबकोटा ,छिपेन्द्र चौधरी, निर्मला परियार, डिला बिष्ट र दंगीशरण गाउँसमितिका उप–सभापती गिरीराज न्युपाने, सदस्य डिबि गिरी (दिपक) लगाएतले बोलेका थिए ।
सो अबसरमा सन्तविर चौधरीले माओवादी केन्द्र परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए । चौधरीलाई बैठकका प्रमुख अथिति विष्टले पार्टि सदस्यता प्रदान गरेका थिए ।
त्यसैगरि वडा नं १ का सभापति तोर्ण अधिकारी ,वडा नं २ का सभापति सर्दीन कुसारी,वडा नं. ३ का सभापति मधुकर राना ,वडा नं ४ का सभापति इन्द्र बहादुर खत्री, वडा नं ७ का सभापति टेक बहादुर थापाले आ–अफ्नो वडाको मतदाता नामावली दर्ता सम्बन्धमा भएको प्रगती बिवरण र आई पर्ने समस्याको बारेमा प्रकास पारेका थिए ।
बैठकको सहजीहरण दंगीशरण गाँउकार्यसमितिका सचिब बामदेब बिस्टले गरेका थिए ।