काठमाण्डौ,पुस २१ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक आज बस्ने भएको छ ।
महाधिवेशन र त्यसपछिको पार्टी भित्रको अवस्थाको समीक्षा गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो २ बजे सिंहदरबार अगाडि रहेको एक होटलमा बस्ने छ ।
महाधिवेशनपछि पार्टी सभापति शेरबहादुर देउवाले आफू इतर परेको मतलाई अपमान गरेको ठहर गरेको कोइराला पक्षले बैठक गरी सामूहिक धारणा बनाउन लागेको हो ।
प्रकाशित मिति : २०७८ पुष २१ गते बुधवार
