२०८३ मङ्सिर १० गते बुधवार

माओवादी महाधिवेशनमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदै

काठमाडौँ,पुस १४ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनअन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बुधबार दिउँसो १ बजे समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत हुन लागेको प्रेस सेन्टर, नेपालका अध्यक्ष विष्णु सापकोटा (जुगल) ले जानकारी दिए ।


प्रत्येक समूह प्रमुखलाई प्रस्तुतिका लागि १५ मिनेटको समय दिइएको उनले बताए ।

आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्रको पहिलो दिन सोमबार अध्यक्ष प्रचण्डले ‘२१ औँ शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज पेश गर्नुभएको थियो ।

साथै, स्थायी समिटी सदस्य देवप्रसाद गुरुङले विधान मस्यौदा प्रस्तुत गरेका थिए । यसका लागि मंगलबार समूहगत छलफलका लागि समय छुट्याइएको थियो ।

प्रकाशित मिति : २०७८ पुष १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *