२०८३ भाद्र ११ गते बिहिवार

माओवादी केन्द्रको महाधिवेशन सुरु, शुभकामना दिन कांग्रेस सभापति देउवासहितका नेता उपस्थित

काठमाडौँ,पुस ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सुरु भएको छ । काठमाण्डौको कमलादीमा रहेको प्रज्ञा भवनमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशनलाई शुभकामना दिन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी नेतृ दुर्गा पौडेल, राप्रपाकी महामन्त्री कुन्ती शाही लगायतका नेताहरू कार्यक्रममा उपस्थित भएका छन् ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *