जनकपुरधाम, पुस ९ । नेपाली काँग्रेस १४ महाधिवेशन अन्तर्गत प्रदेश सभापतिका लागि भएको निर्वाचनमा प्रदेश २ को सभापतिमा कृष्णप्रसाद यादव निर्वाचित भएका छन ।
प्रदेश २ को राजधानी जनकपुरधाममा बिहीबार अबेर राती सम्पन्न भएको मतगणनामा ९ सय ९६ मत प्राप्त गरी यादव सभापतिमा विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी रामसरोज यादवले भने ८ सय ५५ मत प्राप्त गरे ।
उनीहरु बीच १ सय ४१ मतान्तर रहेको निर्वाचन समितिले जनाएको छ । बाँकी उम्मेदवारहरुको मत गणना भइरहेको समितिले जनाएको छ ।
प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार