२०८३ बैशाख ५ गते शनिवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक चल्दै

काठमाडौं,पुस ९ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको बैठकमा पर्सिदेखि सुरु हुने राष्ट्रिय सम्मेलन र सम्मेलनमा पेस गरिने राजनीतिक दस्ताबेजका विषयमा छलफल केन्द्रित छ ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तयार पारेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले सुझाव दिने र ती सुझावलाई पनि समेटेर प्रतिवेदनलाई पूर्णता दिने तयारी छ ।

माओवादीको राष्ट्रिय सम्मेलन यही पुस ११ गतेदेखि काठमाण्डौमा सुरु हुँदैछ ।

प्रकाशित मिति : २०७८ पुष ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *