काठमाण्डौ,पुस ७ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलबीच भेटवार्ता भएको छ ।
अध्यक्ष निर्वाचित भएपछि जिल्ला पुगेका लिङ्देनसँग झापामै रहेका खरेलले भेट गरेका हुन् । भेटमा राष्ट्रियसभा निर्वाचनमा दुई पार्टीको गठबन्धनबारे पनि छलफल भएको बताइएको छ ।
एमाले झापा इन्चार्ज खरेलले भने आफूले लिङ्देनलाई अध्यक्षमा निर्वाचित भएकोमा बधाइ दिन भेटेको र त्यसक्रममा राष्ट्रिय राजनीति र मसामयिक विषयमा छलफल भएको बताए ।
प्रकाशित मिति : २०७८ पुष ७ गते बुधवार
