
तुलसीपुर,मंसिर १७ । नेपाल महिला एकता समाज दाङको अध्यक्षमा पुनः यमुना परियार चयन भएकी छिन । शुक्रवार तुलसीपुरमा सम्पन्न दोस्रो अधिवेशनबाट परियार पुनः सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएकी हुन ।
परियारको संयोजकत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । जसको उपाध्यक्षमा मोनिका श्रेष्ठ,सचिवमा सुनिता परियार,कोषाध्यक्षमा अन्जना पुन र सहचिवमा आशा नेपाली रहेका छन् । त्यस्तै सदस्यहरुमा इन्द्रा परियार,गंगा सुनार,रिता चोधरी,सिता बिक,कमला सुनार,पवित्रा चौधरीलाई चयन गरिएको छ ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दे कार्यक्रमकी प्रमुख अतिथि नेपाल महिला एकता समाजका केन्द्रीय सदस्य आसा घर्तीले समाजले नेपाल भरी छरिएर रहेका सुकुम्वासी, अव्यवस्थित तथा भुमिहिनको अधिकारको लागि २०५७ सालदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बताइन ।
समाजले संगठन तयार गरि सुकुम्वासी भूमिहिन महिलाहरुलाई लक्षित गरी सीप बिकास तथा जिविकोपार्जन सम्बन्धी कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिइन ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका न्यायीक समिति सदस्य जानका रेग्मी,कार्यपालिका सदस्य डिला परियार,सुसिला बुढाथोकी,अनेवा क्षेत्र न ३ का संयोजक तुलसा पोख्रेलले जिल्ला छरिएर रहेका भुमिहिन महिलाहरुलाई शसक्त बनाउन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा सचिव सुनिता परियारले प्रगती प्रतिवेदन प्रस्तुत गरेकी थिइन भने कोषाध्यक्ष अन्जना पुनले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । २०६७ सालमा दाङ जिल्लामा स्थापना भएको समाजले तुलसीपुरमा ५ वटा र घोराही ३ वटा समुह गठन गरेको छ ।