सल्यान, १० कात्तिक । सल्यानका नौ वटै स्थानीय तहमा नेकपा एमालेले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ । शारदा नगरपालिकामा मधुसुदन शर्मा अध्यक्ष, रामबहादुर भण्डारी उपाध्यक्ष, महेश देवकोटा सचिव, सुरेन्द्र बुढा र प्रलाद श्रेष्ठ उपसचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ ।
बागचौर नगरपालिकामा घनश्याम शर्मा अध्यक्ष , उपेन्द्र वली उपाध्यक्ष, मोहन चन्द सचिव, भुपिन भण्डारी र शोभाराम भण्डारी उपसचिव रहेको ७५ सदस्यीय कमिटी निर्माण भएको छ ।त्यस्तै कपुरकोट गाउँपालिकामा द्रोण केसी अध्यक्ष, ललिता गिरी उपाध्यक्ष, रुपक बुढा सचिव, इश्वर बुढा र रुपलाल बुढाथोकी सहसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण गरिएको छ ।
कालिमाटी गाउँपालिकामा केशर बुढा अध्यक्ष, वीरबहादुर वली उपाध्यक्ष,वेलबहादुर चन्द सचिव, सुमित्रा राना र मिलन वलि उपसचिव रहेको ७३ सदस्यीय कमिटी चयन भएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिकामा लोकेन्द्र खड्का अध्यक्ष, शोभाराम डांगी उपाध्यक्ष, धनराज तुफान सचिव, मंगल रेउले र कुन्ता योगी उपसचिव रहेको ६१ सदस्यीय कमिटी निर्माण भएको छ ।
छत्रेश्वरी गाँउपालिकामा ज्ञानबहादुर खड्का अध्यक्ष, डुमबहादुर केसी उपाध्यक्ष, देवराज घर्ती सचिव, बसन्त वली उपसचिवसहित ६७ सदस्यीय कमिटी गठन गरिएको छ ।
त्यस्तै कुमाख गाउँपालिकामा भैरव शाह अध्यक्ष, पम्फा खत्री उपाध्यक्ष, ताराबहादुर योगी सचिव, तेजविर कामी र सुरेश चन्द उपसचिव रहेको ७० सदस्यीय कमिटी निर्माण भएको एमाले सल्यानले जानकारी दिएको छ ।
शिद्धकुमाख गाउँपालिकामा पुष्पाकुमारी बोहरा अध्यक्ष, गोविन्द रेउले उपाध्यक्ष, लिलबहादुर रोका सचिव, गिर्दल रावत र विरेन्द्र बोहरा उपसचिव रहेको ६९ सदस्यीय कमिटी निर्माण भएको छ ।
त्यस्तै दार्मा गाउँपालिकामा बलबहादुर वली अध्यक्ष, गणेश बुढाथोकी उपाध्यक्ष, दिपक रोका सचिव र भावना वलि र दीपक परियार उपसचिव रहेको ६५ सदस्यीय कमिटी निर्माण भएको छ ।
जिल्लाका दश स्थानीय तहहरुमध्ये नौ वटा स्थानीय तहमा मंगलबार सम्पन्न अधिवेशनबाट सर्वसहमत रुपमा पालिका कमिटीका पदाधिकारी तथा सदस्यहरु चयन भएको एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले जानकारी दिए ।