हापुरे,भदौ १०। बबई गाउँपालिकास्तरिय उपभोक्ता समितिको अध्यक्षमा हिरा नेपाली चयन भएकी छन् ।
बबई कृषि तथा पशु उद्यमशिलता बिकास परियोजना अन्तर्गत बिहीबार हापुरेमा भएको भेलाले नेपालीको अध्यक्षतामा १३ सदस्यीय उपभोक्ता समिति सर्बसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा लिलाकुमारी वली, सचिबमा हेमा बिक र कोषाध्यक्षमा हिमा भण्डारी रहेका छन् ।
त्यस्तै सदस्यहरुमा राजकुमारी वली डाँगी, सुप्रिया रोकाय, जानकी खड्का, चेतना चौधरी, झमारा सार्की, मानकुमारी केसी, श्यामप्रकाश चौधरी र हिरालाल खड्कालाई चयन गरिएको छ ।
बबई गाउँपालिका, हेफर प्रोजेक्ट र सिड सस्थाको सयुक्त प्रयासमा परियोजना सञ्चालन भइरहेको छ ।
प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार