बुटवल, भदौ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत प्राप्त गरेका छन् ।सोमबार प्रदेश सभा बैठकबाट केसीले सहजै विश्वासको मत प्राप्त गर्न सफल भएका हुन ।
मुख्यमन्त्री केसीका पक्षमा ४२ मत परेको थियो । एक जना सांसद (उपसभामुख कृष्णी थारू) तटस्थ बसेकी थिइन । मुख्यमन्त्री केसीले आँफुलाई बिश्वासको मत दिन प्रस्ताव पेश गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रदेश सभा बैठक नै बहिष्कार गर्दै निस्किएका थिए ।
केसीको पक्षमा ४२ मत परेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभामा केसीले बहुमत प्राप्त गरेको घोषणा गरेका थिए ।
नेकपा माओवादी केन्द्रका नेता मुख्यमन्त्री केसीलाई माओवादी, नेपाली कांग्रेस, जसपाका सांसदहरुको साथ समर्थन रहेको छ ।
हाल प्रदेश सभामा ८० जना सांसदहरु रहेका छन् ।
तर, सोमबारको मतदानमा ४३ जना सांसद मात्रै उपस्थित थिए। केसीले विश्वासको मत पाएसंगै प्रदेस सरकाले अब झन्डै १७ महिना ढुक्कका साथ सत्ता सञ्चालन गर्न पाउने भएको छ ।