२०७८ असोज ८ गते शुक्रवार

काँग्रेस कार्यकर्ताले रकम संकलन गरि पार्टी कार्यालय निर्माण गरे

जिल्लाकै पहिलो वडा इकाई कार्यालय तुलसीपुर ३ मा

तुलसीपुर, साउन १२ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ दमारगाउँमा नेपाली काँग्रेसका कार्यकर्ताले आपसमा रकम संकलन गरि पार्टी कार्यालय निर्माण गरेका छन् । जग्गा खरिदसहित ११ लाख ६४ हजार ९ सय ६४ रुपैंयाको लागतमा नेपाली काँग्रेसको वडा इकाई समितिको कार्यालय निर्माण भएको भवन निर्माण समितिका आर्थिक संयोजक रेशमप्रकाश मल्लले फरककोणलाई बताए । दमारगाउँस्थित शिवपुरमा करिब ६ धुर जग्गा साढे ३ लाखमा खरिद गरि त्यसैमा वडा इकाई कार्यालयको भवन निर्माण गरिएको आर्थिक संयोजक मल्लले जानकारी दिए ।

झन्डै एक सय जना बसेर बैठक गर्न मिल्ने अण्डर ग्राण्ड हल, त्यो भन्दामाथि कार्यालय निर्माण गरिएको छ । बैठक कक्षको पुरै भित्ता नेपाली काँग्रेसको चारतारे झण्डाले सजाइएको छ । तुलसीपुर ३ मा निर्मित काँग्रेस वडा कार्यालय जिल्लामा निर्मित पहिलो वडा कार्यालय हो । हालसम्म जिल्लाको कुनैपनि वडामा नेपाली काँग्रेसको आफ्नै वडा कार्यालय निर्माण भइसकेको छैन ।

भवनको सिलन्यास काँग्रेस नेता तथा प्रदेश सांसद डिल्लीबहादुर चौधरीले गत मंसिर २९ गते सिलन्यास गरेका थिए भने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले साउन ९ गते उद्घाटन गरेका हुन ।

रेशमप्रकाश मल्ल

सौचालयसहितको पक्की भवन निर्माणका लागि नेपाली काँग्रेसका दाङ जिल्ला कार्यसमिति सदस्य चन्द्रकान्त खरेलले ब्यक्तिगत ३५ हजार, युवराज वलीले ३१ हजार, तुलसीपुर ३ नेपाल तरुण दल वडा इकाई संयोजक तथा भवन निर्माण समितिका संयोजक रेशमप्रकाश मल्लले २८ हजार १ सय ११, गुरुप्रशाद तिवारीले २८ हजार १ सय ७, शिद्धी गणेश ग्रिल उद्योगका गणेश डाँगीले २७ हजार ८७ रुपैंया, काँग्रेस नेता तथा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले २५ हजार ५५ रुपैंया, स्थानीय तुलसा बत्याल, तुलसीपुरका पूर्व मेयर शंकरप्रशाद आचार्यले र यातायात ब्यबसायी क्षेत्रका नेता सुरेश हमालबाट जनही २५÷२५ हजार आर्थिक सहयोग प्रदान भएको भवन निर्माण समितिका संयोजक मल्लले जानकारी दिए ।

त्यस्तै भवन निर्माणको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरीले २० हजार, तुलसीपुर ३ का वडा इकाई सभापति बिष्णु मल्लले साढे १५ हजार, लेकाली हार्डवयरका टिकाजंग खड्काले १५ हजार ३ सय १५ रुपैंया, तुलसीपुर ९ का कालीबहादुर चन्दद्धारा १५ हजार ८० रुपैंया, तुलसीपुर नगरका कर्मचारी झरेन्द्र खरेलबाट १५ हजार, निर्वाचन क्षेत्र नं. ३ का उपसभापति प्रमोद बस्नेत र नेपालका युवा नेता ज्वाला गिरीद्धारा बाट १५ हजार प्राप्त भएको थियो ।

त्यस्तै वडा नं. ३ का स्थानीय काँग्रेस नेता भूपबहादुर रेउलेबाट १४ हजार ५ रुपैंया, स्वर्गिय मेघराज रानाको संझनामा छोरा कुशल रानाले १३ हजार ८ सय ९०, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष बिमल रिजालद्धारा १३ हजार ५ सय, छत्रेश्वरी ग्रिल उद्योगका खड्ग शाहीबाट ११ हजार ५ सय १ रुपैंया, नगर बिकास समिति तुलसीपुरका पूर्व अध्यक्ष तर्णबहादुर खड्का (राजन)ले ११ हजार ५ सय, पूर्व इकाई सभापति टोपबहादुर बिकबाट ११ हजार २ सय ५५ रुपैंया, तुलसीपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दिपेन्द्रकुमार खत्रीबाट ११ हजार १ सय ११ रुपैंया, स्थानीय झुपलाल वलीबाट ११ हजार १ रुपैंया, स्वर्गिय शेरबहादुर रेउलेको परिवारबाट १० हजार ६ सय ६० रुपैंया आर्थिक सहयोग प्राप्त भएको भवन निर्माण समितिका संयोजक रेशमप्रकाश मल्लले बताए ।

त्यस्तै नेपाली काँग्रेस तुलसीपुर ९ का वडा इकाई सभापति बलिराम खत्रीबाट ६ हजार ५ सय ५५ रुपैंया, नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य युबराज खड्काबाट ६ हजार ५ सय, स्थानीय बिपी युवा मञ्च वडा नं. ३ का अध्यक्ष विपिन वलीबाट ६ हजार ५ सय ६७ रुपैंया, नेपाल तरुण दलका क्षेत्रीय सदस्य ओपेन्द्र खत्रीबाट ५ हजार ६ सय, नेपाल तरुण दल तुलसीपुर ५ का वडा अध्यक्ष सुनिल बाबु डाँगीबाट ५ हजार ५ सय रुपैंया आर्थिक सहयोग प्राप्त भएको मल्लले जानकारी दिए ।

आर्थिक समितिका संयोजक मल्लका अनुसार ५ हजार ५ सयदेखि माथि आर्थिक साहेता प्रदान गर्ने १०८ जनाको नाम सिलालेखमा नाम लेखिने छ ।
कुल दूई सय ५० जनाले नेपाली काँग्रेसको वडा इकाई समितिको भवन निर्माणको लागि आर्थिक साहेता प्रदान गरेका छन् । मल्लका अनुसार स्वच्छिक रुपमा सहयोग प्रदान गर्नेहरु दूई अढाई सयदेखि ३५ हजारसम्म आर्थिक साहेता प्रदान गरेका छन् ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *