२०८१ बैशाख ११ गते मङ्गलवार

३ बालक मृत्यु प्रकरणको सत्य तथ्य सार्वजनिक गर्न दलित मुक्ति मोर्चाको माग

तुलसीपुर, बैशाख, २२ ।विप्लवले नेतृत्वको नेकपा निकट दलित मुक्ति मोर्चा नोपल जिल्ला समिति दाङले तुलसीपुरमा तीन जना बालक मृत्यु प्रकरण बारे सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ ।

मोर्चाका दाङ जिल्ला अध्यक्ष सुरज परियारले बुधवार बिज्ञप्ती जारी गर्दै घटनाको सत्यतथ्य छानबिन गरि दोषीको पहिचान गरि कारबाहीको माग गरेका छन् ।उनले बिज्ञप्तीमा जालझेल षड्यन्त्र गरेर यति गम्भीर बिषयलाई लुकाउने प्रयास भए सैह्य नहुने चेतावनी दिएका छन् ।

यसअघि अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर खड्काले पनि बिज्ञप्ती मार्फत घटनाको गम्भीरु भएर निष्पक्ष छानविन गर्न माग गरेका थिए ।

तीन कलिलका बालकको शब एउटै कार भित्र भेटिएको घटनाले आफु र संगठन स्तब्ध भएको उल्लेख गर्दै उनले त्यसले पीडित बालबालिकाका अभिभावकलाई उचित न्याय र क्षतिपुर्तीको माग पनि गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *